राजनीति

काँग्रेस संसदीय दलको मतदान सकियो, मतगणना सुरु

काँग्रेस संसदीय दलकाे नेता छान्न मतदानमाा उपस्थित सभापति शेरबहादुर देउवा , नेता प्रकाशमान सिंह लगायत । तस्बिर : दिपेश श्रेष्ठ

काठमाडाैँ – नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न भइरहेको मतदान सम्पन्न भएकाे छ । संसदीय दलकाे नेता छान्न ६३ जना सांसदले मतदान गरेका छन् । अहिले मतगणना भइरहेको छ। आज साढे २ बजे नै संसदीय दलको बैठक बोलाइएको छ।

सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले  संसदीय दलको नेतामा दाबी गरेपछि सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्वाचन भएको हो। 

काँग्रेस संसदीय दलकाे नेताकाे निर्वाचन समितिका अनुसार अपराह्न संघीय संसद बैठक बस्नुअघि मतपरिणाम सार्वजनिक गरिनेछ ।


 

प्रकाशित: २१ फाल्गुन २०७४ ०६:३३ सोमबार

काँग्रेस संसदीय दलको मतदान सकियो मतगणना सुरु