राजनीति

संसदीय दलको नेता छान्न मतदान जारी

संसदीय दलकाे नेता छान्न मतदान गर्दै सभापति शेरबहादुर देउवा । तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौँ – नेपाली काँग्रेसको संसदीय दलको छान्न मतदान शुरु भएको छ । सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले  संसदीय दलको नेतामा दाबी गरेपछि साेमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्वाचन भएको हो। 

 प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांगेसले नराम्रोसँग पराजय भोगे पनि गुटगत ध्रुवीकरण बढ्दै जाँदा देउवा र सिंह मैदान उत्रिएका हुन्।

प्रतिनिधिसभा सदस्यको शपथलगत्तै संसदीय दलको कार्यालय पुगेका सभापति देउवाले दलको नेताका लागि वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका  थिए।  सिंह भने प्रतिनिधिसभा निर्वाचनमा नेता पौडेलको पराजयपछि देउवाविरोधी धारको नेतृत्व गर्दै पार्टीमा आफ्नो स्थान बनाउने रणनीतिमा छन् । सिंहले आइतबार साँझ आफैँ उपस्थित भएर उम्मेदवारी दर्ता गराएका थिए । 

काँग्रेसका ६३ जना सांसदले नेता चुन्न मतदान गर्नेछन् । मतदानका लागि बाकसकाे प्रयाेग गरिएकाे छ। काँग्रेस संसदीय दलकाे नेताकाे निर्वाचन समितिका अनुसार मतदान सकिएलगत्ते मतगणना हुनेछ भने अपराह्न संघीय संसद बैठक बस्नुअघि मतपरिणाम सार्वजनिक गरिनेछ । 

संसदीय दलको नेता छान्न मतदान जारी