राजनीति

पाकिस्तानी प्रधानमन्त्री नेपाल भ्रमणमा, यस्तो छ कार्यतालिका

काठमाडौं – इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न काठमाडौं आउने भएका छन्। 

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले आइतबार जनाएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा विचारविमर्श गर्नेछन्। साथै उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। 

भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ। पाकिस्तानी प्रधानमन्त्रीको स्वागतका लागि उपत्यकाको सकडमा दुई देशको झण्डा फहराउने, स्वागतद्वार निर्माण लगायतको तयारी भइरहेको छ।

प्रकाशित: २० फाल्गुन २०७४ ०९:०३ आइतबार

पाकिस्तानी प्रधानमन्त्री नेपाल भ्रमणमा यस्तो कार्यतालिका