राजनीति

राष्ट्रिय सभामा मनोनित तीन सदस्यविरुद्धको मुद्दा सुनुवाई स्थगित

काठमाडौं-  राष्ट्रियसभामा मनोनित तीन सदस्यविरुद्ध परेको रिटको सुनुवाई स्थगित भएको छ। न्यायाधीश प्रकाशमान सिंह राउतले अन्तरिम आदेश दिएको उक्त मुद्दाको सुनुवाई फेरि उनी र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा रहेको थियो।

न्यायाधीश राउतले अन्तरिम आदेश दिएकोले उक्त मुद्दा हेर्न नमिल्ने प्रश्न उठेपछि सुनुवाई स्थगित भएको हो।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभामा गरेको सिफारिसलाई रद्द गर्दै वर्तमान सरकारले डा.युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईको नाम सिफारिस गरेको थियो। राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रिय सभामा मनोनित गरेकि थिइन्। त्यसको विरुद्धमा देउवा नेतृत्वले सिफारिस गरेका चाँदनी जोशी, कृष्ण पौडेल र गोपाल बस्नेत सर्वोच्च पगेका थिए। सर्वोच्चले ओली सरकारले सिफारिस गरेका तीन जनाको सपथ रोक्न अन्तरिम आदेश दिएको थियो।

राष्ट्रिय सभामा मनोनित डा. खतिवडा अर्थमन्त्री बनिसकेका छन्।

 

 

 

 

प्रकाशित: २० फाल्गुन २०७४ ०९:१० आइतबार

राष्ट्रिय सभामा मनोनित सदस्यविरुद्धको मुद्दा सुनुवाई स्थगित