राजनीति

स्थापना दिवसमा के गर्दै छ काँग्रेस ?

नेपाली काँग्रेसले पार्टी स्थापना दिवसको अवसर पारेर माघ १३ देखि २६  गतेसम्म समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने भएको छ।

राष्ट्रिय सभा निर्वाचनका कारण पूर्व निर्धारित कार्य तालिका भन्दा केही दिन पछि धकेलेर काँग्रेसले माघ १३ गते देखि अभियान सञ्चालन गर्न लागेको हो।

अभियानलाई प्रभावकारी बनाउन भन्दै काँग्रेसले सबै जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। केन्द्रीय प्रतिनिधिका रूपमा खटाउने केही नेतालाई काँग्रेसले गत साता प्रशिक्षण पनि दिएको थियो। तर, केही नेताहरूले स्वास्थ्य र अन्य कारण देखाउँदै जिल्ला जान नसक्ने जनाएसँगै केन्द्रीय कार्यालय अहिले जिल्ला जाने केन्द्रीय प्रतिनिधिको नाम सच्याउन र नयाँ थप गर्न लागि परेको छ।

काँग्रेसले स्थापना दिवसकै दिन माघ १२ गते प्रदेश समितिको आयोजनामा सातै प्रदेश सदरमुकाममा कार्यक्रम गर्न परिपत्र गरेको छ भने केन्द्रमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम गर्ने तयारी गरेको छ। सोही अवसर पारेर काँग्रेस महामन्त्री गगनकुमार थापाले माघ १३ गतेबाट झापाको मेचीपुलबाट संवाद यात्रा सुरु गर्ने घोषणा गरेका छन्। नेपाली काँग्रेसले २००३ साल माघ १२ गते आफ्नो स्थापना भएको मान्दै आएको छ।

प्रकाशित: १० माघ २०८० ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App