राजनीति

रवि विरुद्धको उजुरी लिएर राज्य व्यवस्था समितिमा पुगे युवराज सफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेविरुद्ध युवराज सफलले उजुरी दिएका छन्।  

युवराज सफलले लामिछाने सदस्य रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमै उजुरी दिएका हुन्। उनको उजुरी मंगलबार समितिमा दर्ता गरिएको छ।

उनले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाएका छन्। र त्यसको छानबिन गर्न पनि माग गरेका छन्।

 

प्रकाशित: ९ माघ २०८० १०:४२ मंगलबार

युवराज सफल सांसद रवि लामिछाने