राजनीति

‘ढिलोमा चैत पहिलो सातासम्ममा पार्टी एकता’

अछाम – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ढिलोमा चैत पहिलो हप्तासम्ममा पार्टी एकताको घोषणा हुने बताएका छन्।

प्रेस सेन्टर अछामले पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा दाहालले दुई पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको भन्दै सकभर फागुन महिनाभित्र र ढिलोमा चैत पहिलो सातामा पार्टी एकताको घोषणा हुने बताए।

अब माओवादी केन्द्र र एमालेबीच पार्टी एकतामा शंका गर्ने ठाउँ नरहेको प्रष्ट पार्दै उनले अब दुई तीन दिनभित्र सरकार विस्तारले पूर्णता पाउने बताए।

स्थानीय, प्रदेश र संघीय गरी तीन चरणको सरकार गठन भएर देश अघि बढिसकेको भन्दै उनले अब देशले आर्थिक विकास र समृद्धि तथा समाजवादको यात्रा सुरु गरिसकेको उल्लेख गरे। 

प्रकाशित: १८ फाल्गुन २०७४ १५:२७ शुक्रबार

ढिलोमा चैत पहिलो सातासम्ममा पार्टी एकता