राजनीति

देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौं : दाहाल

नवलपरासी – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सुशासन, स्थायित्व, विकास र समृद्धि अबको आवश्यकता रहेको बताएका छन्। 

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा बर्दघाटमा विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘अब सबै मिलेर देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौँ, देशमा विकासको आवश्यकता छ, तराई मधेशमा अझ बढी विकास गर्नु बाँकी छ।’ संघीय समाजवादी फोरम नेपाललाई समेत सरकारमा सहभागिता गराउन वार्ता अन्तिम चरणमा पुगेको जानकारी उनले दिए।

एमाले र माओवादी केन्द्र दुई कम्युनिष्ट पार्टीबीचको एकता अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले भने, ‘अब दुवै केन्द्र भंग गरी एउटै कम्युनिष्ट पार्टी बनाएर नयाँ यात्रा तय गरिनेछ।’

प्रकाशित: १७ फाल्गुन २०७४ १६:०७ बिहीबार

देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौं दाहाल