राजनीति

कोरम नपुगेपछि राज्य व्यवस्था समितिको बैठक स्थगित

फाइल तस्बिर

कोरम नपुगेर राज्य व्यवस्था समितिको आइतबारको बैठक स्थगित भएको छ।

अनुगमन तथा  मूल्याङ्कन सम्बन्धी विधेयक माथिको छलफलमा संशोधनकर्तासँग छलफल गर्ने  कार्यक्रम रहेको थियो। समितिको बैठक सवा १२ बजे बोलाइएको थियो। १ बजेसम्म पनि समितिका सदस्य उपस्थित नभएपछि बैठक माघ १४ गते सम्म स्थगित गरिएको छ।

समितिमा कोरम पुग्न १४सदस्य उपस्थित हुनु पर्छ। समितिमा ९ जना मात्र सदस्य थिए। संशोधन कर्ता भने उपस्थित थिए। समितिका सदस्य समिति बैठक छाडेर राष्ट्रिय सभाको निर्वाचनको प्रचारमा लागेका कारण कोरम नपुगेको एक सदस्यले बताए।

प्रकाशित: ७ माघ २०८० ०७:४४ आइतबार

राज्य व्यवस्था समिति