राजनीति

काठमाडौंलाई मास्कमुक्त गराउन अवरोध गर्नेलाई कारवाही : मन्त्री पण्डित

काठमाडौं- जनसंख्या तथा वातावरणमन्त्री लालवावु पण्डितले काठमाडौंलाई एक बर्षभित्र मास्कमुक्त गराउने आफ्नो योजनामा अवरोध गर्नेलाई कारबाही गर्ने बताएका छन्।

राजधानीमा सामुदायिक रेडियो प्रसारक संघ अकोरावले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले काठमाडौलाई मास्क मुक्त गराउन अवरोध गर्नेलाई कारबाही गर्ने चेतावनी दिए। मन्त्री पण्डितले आँफु काठमाडौं उपत्यका सहित अन्य शहरलाई पनि प्रदूषणमुक्त बनाउने योजना सहित अगाडी बढेको बताए। आफू देश र जनताको हितका पक्षमा काम गर्ने भन्दै उनले गलत गर्ने जो कोहीलाई पनि दण्डित गर्नबाट पछि नहट्ने चेतावनी दिए।

प्रकाशित: १६ फाल्गुन २०७४ १२:१५ बुधबार

काठमाडौंलाई मास्कमुक्त गराउन अवरोध गर्नेलाई कारवाही मन्त्री पण्डित