राजनीति

सरकारको अर्जुनदृष्टि समृद्धि र सुशासन : मन्त्री थापा

बागलुङ – महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले सरकारको अर्जुनदृष्टि आर्थिक समृद्धि र सामाजिक न्याय स्थापित गर्नमा केन्द्रीत रहने बताएकी छन्।

नेकपा एमाले बागलुङले नवनियुक्त मन्त्री थापाको सम्मान तथा स्वागतमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनताले महसुस गर्नेगरी देशको आर्थिक विकास र सुशासन स्थापना नै सरकारको मार्गदर्शन भएकाले यसै अनुसार अगाडि बढ्न आह्वान गरिन।

‘हामीले राजनीतिक क्रान्ति सम्पन्न गरी सकेका छौ, अब आर्थिक समृद्धिको अभियानलाई सफल बनाउनका लागि सरकार केन्द्रीत हुन्छ’, उनले भनिन्।

सरकारको पहिलो प्राथमिकता आर्थिक समृद्धि र सामाजिक न्याय स्थापित गर्नु भएको र यसका लागि आवश्यक सबै क्षेत्रमा सरकार कडाईका साथ अगाडि बढ्ने उनको भनाई छ।

सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि नेता कार्यकर्ताहरुको सक्रिय सहभागिता आवश्यक रहनु पर्नेमा उनले जोड दिइन्।

प्रकाशित: १५ फाल्गुन २०७४ १२:०१ मंगलबार

सरकारको अर्जुनदृष्टि समृद्धि सुशासन मन्त्री थापा