राजनीति

ईश्वर पोखरेलको पहिलो निर्णय : नेपाल र भारत सैन्य तालिम स्वीकृत

काठमाडौं – नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गरेका छन्। सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा सोमबार पदबहाली गर्दा उनले पहिलो सो निर्णय गरेका हुन्।

रक्षामन्त्री पोखरेल मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव विनोद केसीलगायतले स्वागत गरेका थिए। सो अवसरमा मन्त्रालय र सेनाका उच्चस्थ अधिकारीले परिचय र जिम्मेवारीबारे जानकारी दिएका थिए। मन्त्री पोखरेलसँग उद्योग र परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव छ।

रक्षामन्त्री पोखरेल नेकपा (एमाले) का महासचिव एवं काठमाडौँ क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। 

प्रकाशित: १४ फाल्गुन २०७४ १६:२१ सोमबार

ईश्वर पोखरेलको पहिलो निर्णय नेपाल भारत सैन्य