राजनीति

नेपाली सेना विश्वमा कुशल शान्ति सेनाको भूमिकामा छ : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेना विश्वका द्वन्द्वरत मुलुकमा कुशल शान्ति सेनाको भूमिकामा प्रस्तुत हुन सफल भएको बताएकी छन्। 

दुर्गा बक्स गण (शान्ति सेना) आठौं डफ्फाद्वारा आइतबार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजित प्रि डेभलपमेन्ट तालिमको समापन समारोहमा बोल्दै भण्डारीले सेनाको उक्त कार्यले नेपाल र नेपालीको गरिमा समेत बढेको बताइन्। 

राष्ट्रपति भण्डारीले ‘माता शक्ति देऊ, गर्न देश भक्ति’ भन्ने आर्दश बोकेको दुर्गाबक्स गणका सैनिक शान्ति सेनामा दक्षिण सुडान जान थालेकोमा खुशी व्यक्त गरेकी छन्। उनले शान्ति सेनामा जाने सैनिकलाई  अंग्रेजले आर्जेको नेपाल र नेपालीको छवि उच्च राख्ने काम गर्न पनि आह्वान गरिन। 

‘सेनाले नेपाल सरकारको परराष्ट्र नीतिलाई व्यवहारिक रुपमा असरदार बनाएको छ’ भण्डारीले भनिन्, ‘यसरी नै नेपाली सेनाले सधै नेपाल र नेपालीको मान, सम्मान र छविलाई विश्वमा उच्च राख्न सक्नु पर्छ।’ 

कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव विनोद केसी लगायत सैनिक अधिकारीको सहभागिता रहेको थियो। 

प्रकाशित: १३ फाल्गुन २०७४ १५:४० आइतबार

नेपाली सेना विश्वमा कुशल शान्ति सेनाको भूमिकामा राष्ट्रपति भण्डारी