राजनीति

एमाले-माओवादीको संयुक्त दस्तावेज लेखन तयारी सुरु

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा पार्टीको दस्ताबेज तयार पार्न तयारी सुरु गरेका छन्।

पार्टी एकताको तयारीमा रहेका दुई पार्टीले माधव नेपालको संयोजकत्वमा बैचारिक दस्तावेज लेखन कार्यदलले यसको तयारी गरेको हो। आइतबार बसेको कार्यदलको बैठकले सोमबारदेखि संयुक्तरुपमा दस्ताबेज लेख्ने निर्णय गरेको हो।

बैठकले नारायणकाजी श्रेष्ठ, देवगुरुङ, र भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको दस्ताबेज लेखन उपसमिति समेत गठन गरेको माओवादी नेता शक्ति बस्नेतले बताए। उनका अनुसार दुवै पार्टीका दस्ताबेज भोली सम्म संकलन गरेर कार्यदलले दस्ताबेज लेखनको तयारी गर्ने भएको छ।

 

प्रकाशित: १३ फाल्गुन २०७४ ०८:०८ आइतबार

एमाले-माओवादीको संयुक्त दस्तावेज लेखन तयारी सुरु