राजनीति

सभामुख घिमिरेद्वारा शुभकामना व्यक्त

सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति-माघी पर्वका अवसरमा सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

सभामुख घिमिरेले आज जारी गरेको सन्देशमा यस पर्वले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

माघे सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजाति र समुदायले भिन्नभिन्न नाममा मनाउने गरेका छन्। थारू जातिले माघी पर्वका नाममा नयाँ वर्षका रुपमा मान्ने गर्दछन् भने मगर जातिले माघ्या÷सेल्र्हेसका रुपमा मनाउँछन्।

‘विभिन्न जनजातिले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ, नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त सुन्दर मुलुक हो’, सन्देशमा भनिएको छ, ‘नेपालका आआफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वले आपसी एकता तथा सद्भाव स्थापित गर्न भूमिका खेल्दै आएका छन्।’ –रासस

प्रकाशित: १ माघ २०८० ०५:४७ सोमबार

सभामुख देवराज घिमिरे माघी पर्वकाे शुभकामना