राजनीति

संविधान संशोधनमा एमाले सकारात्मक

काठमाडौं– सरकारको नेतृत्व गरेको एमाले संविधान संशोधन गर्न सकारात्मक देखिएको छ। 
संघीय समाजवादी फोरम, नेपालका नेतासँग बुधबार भएको वार्तामा एमाले संविधान संशोधनप्रति सकारात्मक देखिएको हो । त्यसका लागि कार्यदल बनाउन पनि एमाले सकारात्मक भएको छ । ‘संविधान संशोधनप्रति एमाले सकारात्मक देखिएको छ’, फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नागरिकसँग भने, ‘अब व्यवहारमा हेर्न बाँकी छ ।’ उनका अनुसार संविधान संशोधनमा एमाले लचक भए धेरै विषयमा सहमति हुँदै जानेछ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा फोरमका वरिष्ठ उपाध्यक्ष अशोक राई, सहअध्यक्ष श्रेष्ठ र महासचिव रामसहाय यादवलगायत  वार्ताका लागि पुगेका थिए । फोरमका नेताले एमाले नेता सुवास नेम्बाङलगायतसँग वार्ता गरेका थिए। 

मन्त्रिपरिषद् विस्तार तयारी भइरहेका बेला भएको यो वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । फोरमसँग सहमति भए उसलाई उपसभामुख र  मन्त्री दिने सहमति भइसकेको स्रोतको दाबी छ। 

प्रकाशित: १० फाल्गुन २०७४ ००:४२ बिहीबार

संविधान संशोधनमा एमाले