राजनीति

दलको नेता छान्न कांग्रेसले बोलायो बैठक

काठमाडौं–संसदीय दलको नेता छनोटका लागि नेपाली कांग्रेसले कार्यसम्पदान समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान ९ बजे बस्ने बैठकले संसदीय दलको नेता छनोट प्रक्रिया अघि बढाउन लागेको हो।

दलको नेता छनोट प्रक्रिया अघि बढाउनु पहिला नै संसदीय दलको विधानमा कांग्रेसले आवश्यक सुधार गर्ने छ। ‘समितिले नै विधानमा सुधार गर्ने वा कार्यदल बनाएर त्यसले दिने सुझावको आधारमा अघि बढ्नसक्छ,’ एक नेताले भने, ‘त्यससँगै बैठकले दलको नेता छनोटका निर्वाचन समिति गठन गर्ने छ ।’

निर्वाचन समितिले दलको नेता छनोटको कार्यतालीका तयार गर्ने छ । प्रतिनिधिसभा सदस्यको शपथपछि मात्र कांग्रेसले संसदीय दलको नेता छनोट गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएपनि त्यसअघि त्यसअघि नै नेता छनोटका लागि सक्रियता देखाएको हो । ‘फागुन २१ गतेअघि नै पार्टी संसदीय दलको नेता छनोट गर्ने खतरा छ,’ एक नेताले भने, ‘त्यसको टुंगो पनि कार्यसम्पादन समितिले लगाउने छ ।’

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन् ।

सभापति देउवा पक्षको स्पष्ट बहुमत देखिएको संसदीय दलमा महामन्त्री कोइरालाले सर्वसहमति भएमात्र आफु दलको नेता बन्ने घोषणा गरेका छन् ।तर, पूर्वमहामन्त्री सिंह भने सभापति बिरोधी धारको नेतृत्व गर्दै दलको नेतामा प्रतिष्पर्धा गर्ने पक्षमा देखिएका छन्

३३४ सदस्यीय संघीय संसद्मा (प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय ) मा कांग्रेसका ७६ सदस्य छन्।  जसमा सभापति देउवा पक्षको ४२, नेता रामचन्द्र पौडेल निकट ३० र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समुहका ४ सांसद् छन् ।       

प्रकाशित: ९ फाल्गुन २०७४ १०:३५ बुधबार

दलको नेता छान्न कांग्रेसले बोलायो बैठक