राजनीति

पृथ्वी जयन्तीमा राप्रपाको जलपानमा पुगे प्रधानमन्त्रीदेखि रविसम्म (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार भएको जलपानमा सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत सहभागी भएका छन्।

राप्रपा नेपालले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रत्येक वर्ष पुस २७ गते चियापान कार्यक्रम गर्दै आएको छ।

प्रकाशित: २७ पुस २०८० ०९:२२ शुक्रबार

जलपान कार्यक्रम पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस