राजनीति

मधेस प्रदेश सरकारले माघ ३ मा स्वाभिमान दिवस मनाउने

मधेश प्रदेश सरकारले अबदेखि माघ ३ गतेका दिन स्वाभिमान दिवस मनाउने भएको छ। माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो।

२०७८ साल माघ ३ गतेका दिन प्रदेश सभाको बैठकबाट प्रदेश राजधानी तोकिएको र प्रदेशको नामकरण गरिएको सम्झनामा स्वाभिमान दिवस मनाउन लागिएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए। उनका अनुसार माघ ३ गते स्वाभिमान दिवस मनाएपनि सार्वजनिक बिदा भने दिइएन छैन।

प्रदेशमा १०७ सदस्य रहेपनि प्रदेशको राजधानी र नामकरण गर्नेबेला १०४ सदस्य कायम रहेको थियो। प्रदेश सभामा प्रदेशको राजधानी र नामकरण विषयमा भएको मतदानमा ९९ सांसद उपस्थित थियो भने पाँचजना अनुपस्थित रहेको थियो।

प्रदेशको राजधानी जनकपुरधाम हुनुपर्ने पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए भने प्रदेशको नामकरण मधेस प्रदेश हुनुपर्ने प्रस्तावम ८० जना सांसदले मत दिएका थिए।

प्रकाशित: २७ पुस २०८० ०५:१५ शुक्रबार

मधेश प्रदेश मधेश मधेश प्रदेश सरकार माघ ३ स्वाभिमान दिवस जनकपुरधाम