राजनीति

नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको काममा तिब्रता आएको छः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले नारायणगढ—बुटवल र मुग्लिन—पोखरा सडक खण्डको कामले तिब्रता पाएको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले दुवै राजमार्गहरुको एक साइट टु लेन छिटो भन्दा छिटो सक्ने गरी काम अघि बढाइएको बताए। सरकारले सो क्षेत्रमा समस्या समाधान पहिचान गरिसकेकाले अब काम तिब्र रुपमा अघि बढ्ने उनले दाबी गरे। उनले मन्त्रायलसहितको टिम केही दिनमै सो राजमार्गको अवलोकन एवं निरीक्षणका लागि जाने सो क्रममा सर्वपक्षिय भेला राखेर समस्याको समाधान गरी काम छिटो सक्ने बताए।

उनले सो सडकखण्डका मुख्य समस्या स्थानीय निर्माण सामग्री रहेको बताए। निर्माण सामग्रीको हकमा पनि नारायणगढ—बुटवलको पूर्वीखण्डमा समस्या नरहेको तर पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्यको पहल गरिरहेको उनको भनाइ छ। उनले सो सडकखण्डहरुमा अहिले विद्युत पोल र तारको केही समस्या रहेपनि चाँडै त्यसको समाधान हुने प्रतिवद्धता व्यक्त गरे। सरकारले अहिले सडकको मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताए। उनले पछिल्लो समय दुवै सडक खण्ड (नारायणगढ—बुटवल र मुग्लिन—पोखरा) मा प्रगति उल्लेख्य रहेको बताए।  

प्रकाशित: २६ पुस २०८० १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App