राजनीति

आफैंले रोपेको बिरुवामा पानी हालेर बालुवाटार प्रवेश गरे ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन्।

साँझपख बालुवाटार सरेका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको वृक्ष रोपेका थिए। १९ महिनापछि सोही पीपलको बिरुवामा जल सिञ्चित गर्दै बालुवाटार प्रवेश गरे। 

बिहीबार प्रधानमन्त्री बनेका ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्दै आएका थिए। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासबाट सरेपछि ओली सरकारी निवासमा सरेका हुन्।

प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा प्रवेश गर्दा पार्टीका नेता, कार्यकर्ता तथा सरकारी कर्मचारीले स्वागत गरेका थिए। रासस

आफैंले रोपेको बिरुवामा पानी हालेर बालुवाटार प्रवेश गरे ओली