राजनीति

वामपन्थी दलले नाम पछाडिको ‘थर’ हटाउनु पर्छ : नेता नेपाल

रौतहट- छ वटा प्रदेशमा मुख्यमन्त्री तथा सभामुख र एउटा प्रदेशमा प्रमुख विपक्षी नेताको पद प्राप्त गरेको वाम गठबन्धनले मधेसमा वर्चस्व बढाउन नयाँ योजना बनाएर छिटै जान लागेको पूर्वप्रधानमन्त्री एवं वाम गठबन्धनका वरिष्ठ नेता माधवकुमार नेपालले खुलासा गरेका छन्। देशका दुई ठूला पार्टी आफ्नो नामको पछाडी जोडिएको एमाले र माओवादी थर लाई हटाएर एक मात्र नेपाल कम्युनिष्ट पार्टीमा परिणत हुन लागेको जिकिर गर्दै यो गठबन्धनको सरकार पाँच बर्ष सम्म चल्ने र अगामी चुनावमा दुइ तिहाइ बहुमत ल्याउने नेता नेपालले ठोकुवा गरे।

रौतहटको गौरमा नेकपा एमाले रौतहटद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरुलाई सम्मान गर्दै नेता नेपालले दुवै तहका वाम गठबन्धनका साँसदहरुलाई स्थानीय सरकारले गरेको कामको अनुगमन गर्न कडा निर्देशन दिएका छन्। आवश्यक पर्दा आफूले पनि स्थानीय तहको कामकाजको अनुगमन गर्ने स्पष्ट पारेका छन्।

आफूलाई रौतहटका केही साथीहरुले नै सल्लाह दिएर काठमाडौंबाट चुनाव लडेको खुलासा गर्दै रौतहटले आफूलाई नबिर्सेको र आफूले पनि रौतहटलाई नबिर्सेको बताए।

नेता नेपालले पार्टी एकीकरण हुनै लागेको र एकीकृत पार्टीले नेपालमा आगामी चुनाव अझ बढी बहुमतका साथ जित्ने भविष्यवाणी गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल कम्युनिष्ट पार्टीको झण्डा फहराएको विश्वले नै देखेको भन्दै गर्व गरेका छन्।

छ वटै प्रदेशमा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन भइसकेको र वाम गठबन्धनको ध्यान अब प्रदेश दुईतिर गएको खुलासा गर्दै नेता नेपालले बुद्धिजीवी तथा आर्थिक क्षेत्रका विज्ञहरुले छिटै एउटा कार्यक्रमको आयोजना गरेर हरेक जिल्लाको अलग अलग विश्लेषण गरेर पार्टीलाई अगाडि बढाउने रणनीति बनाउने बताएका छन् । अबको समय वामपन्थीको भएको बताउँदै नेता नेपालले प्रदेश दुईले वाम गठबन्धनलाई दिएको सम्मानको कदर गर्दै जनताले अब वाम गठबन्धनलाई सम्मान गर्ने बताएका छन् ।

प्रकाशित: ६ फाल्गुन २०७४ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App