प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले नेपाल र भारत बीचको सम्झौता उपलब्ध गराउन निर्देशन दिएको छ।
बुधबार समितिको बैठकले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा नेपाल र भारत बीचको सम्झौता ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन्।
समितिले बुधबार जयशंकरको भ्रमणका बेला भएका सम्झौता बारेमा जानकारी लिन प्रधानमन्त्रीलाई बोलाएको थियो।
समितिको बैठकमा प्रधानमन्त्रीले सम्झौताबारे जानकारी गराएका थिए।
प्रकाशित: २५ पुस २०८० ०७:४७ बुधबार