राजनीति

चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भारतको रिजर्भसेन छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भारतको रिजर्भसेन रहेको बताएका छन्।

बुधवार बसेको संसदीय समितिको बैठकमा उनले सो जानकारी दिएका हुन्।

भारतीय विदेशमन्त्री एस जयशंकर गत साता नेपाल आएको बेला भएको सम्झौताबारे विस्तृत जानकारी गराउँदै उनले भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको प्रष्ट पारे।

आफूले ग्लोबल टेन्डरबाट चिनियाँ ठेकेदारले पाएको आयोजनबाट उत्पादित बिजुलीलाई चीनको भनिदिनु भएन भनेर भनेको पनि बताए।

उनले यस विषयमा भारत सकारात्मक रहेको र समस्या समाधान हुने विश्वास समेत व्यक्त गरे।

प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा नेपालबाट आगामी दश वर्षमा भारतले १० हजार मेगावाट बराबर विद्युत किन्ने सम्झौता भएको थियो।

प्रकाशित: २५ पुस २०८० ०६:३० बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल विदेशमन्त्री सम्झौता विस्तृत जानकारी संसदीय समिति