राजनीति

खुमबहादुर खड्का अस्पताल भर्ना

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्का अस्पताल भर्ना भएका छन्। 

शुक्रबार साँझ मृगौलामा समस्या (किड्नी अट्याक) आएपछि खड्कालाई साँझै नर्भिक अस्पताल भर्ना गरिएको स्वकीय सचिव चुडामणी कँडेलले जानकारी दिए। 

खड्काको नर्भिकको विशेष कक्षमा उपचार भइरहेको छ। दुई वर्षअघि दिल्लीमा मृगौला ट्रन्सप्लान्ट गरेका खड्कालाई शुक्रबार अचानक समस्या देखिएको थियो। खड्काको अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ। 

यसैबीच खड्कालाई थप उपचारका लागि भोलि दिल्ली लगिने भएको छ। नर्भिकले उनलाई दिल्ली रिफर गरेको स्वकीय सचिव कँडेलले बताए। उनका अनुसार खड्का भोलि विहानै दिल्ली प्रस्थान गर्नेछन्।

प्रकाशित: ५ फाल्गुन २०७४ ११:११ शनिबार

खुमबहादुर खड्का अस्पताल भर्ना