राजनीति

कोशीको सभामुखमा राप्रपाका विष्ट निर्वाचित

कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बर बहादुर विष्ट सर्वसम्मत चयन भएका छन्।

कोसी प्रदेशसभाको आज बसेको बैठकले विष्टलाई सर्वसम्मत रूपमा सभामुख चयन गरेको हो।

उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए।

आज दिउँसो ३: ३५ मा बसेको प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला तथा समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेश गरेका थिए। सभामुख निर्बाचनका लागी बिष्टको एकल उमेदवारी परेको भन्दै उप सभामुख सृजना दनुवारले बिष्ट सर्बसम्मतले निर्बचित भएको प्रदेससभा बैठकमा जानकारी गराइन।

गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो।

प्रकाशित: २४ पुस २०८० १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App