राजनीति

कोशीमा आज सभामुख चयन हुँदै, राप्रपाका विष्टले गरे मनोनयन दर्ता

कोशी प्रदेशको सभामुखको निर्वाचन आज हुने भएको छ। सभामुखका लागि राप्रपाका सांसद अम्बरबहादुर विष्टले उम्मेदवारी दर्ता गरेका छन्।

कोशी प्रदेशसभाले आज कार्यसूची प्रकाशित गरी आजै दिउँसो ३ बजे सभामुखको निर्वाचनका लागि कार्यसूची र कार्यतालिका प्रकाशित गरेको थियो। तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिए पछि कोशी प्रदेशमा सभामुख पद रिक्त छ।

कोशीको सभामुखका लागि सत्ता गठबन्धनले राप्रपालाई सघाउने निर्णय गरिसकेको छ। नेकपा एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवार नउठाउने निर्णय गरेको नेकपा एमाले संसदीय दलका उप नेता रामबहादुर रानाले जानकारी दिए।

एमालेले पनि राप्रपाकै उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै कोशीमा राप्रपाका सांसद विष्ट सर्वसम्मत सभामुख निर्वाचित हुने निश्चित देखिएको छ। 

प्रकाशित: २४ पुस २०८० ०७:०५ मंगलबार

कोशी प्रदेश