राजनीति

मुख्यमन्त्री शाहीले लिए सपथ

सुर्खेत- ६ नम्वर प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा शाहीलाई दुर्गाकेशर खनालले पद तथा गोपनीयताको सपथ खुवाए। सपथ लगत्तै उनले पदभार पनि ग्रहण गरेका छन्।

नेकपा एमालेको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले देश र जनताका नाममा सपथ लिएका थिए। मुख्यमन्त्री शाहीले सपथअघि ६ नम्वर प्रदेश स्थापनाका लागि भएको आन्दोलनका क्रममा ज्यान गुमाएका चार जना सहिदको फोटोमा माल्यार्पण गरेका थिए। उनले आर्थिक, सामाजिक रुपमा पिछडिएको ६ नम्वर प्रदेशलाई समृद्धिको मार्गमा डोर्‍याउन सबैलाई साथमा लिएर अघाडि बढ्ने बताए।

प्रकाशित: ४ फाल्गुन २०७४ १२:१९ शुक्रबार

मुख्यमन्त्री शाहीले लिए सपथ