राजनीति

‘सबै स्थानीय तहमा प्राविधिक शिक्षालय’

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार साँझ पदभार ग्रहण गर्दै ओलीले सात सय ५३ स्थानीय तहमै प्राविधिक शिक्षालय स्थापनाको घोषणा गरेका हुन्। 

वाम गठबन्धनको साझा घोषणापत्रमा प्राविधिक शिक्षातर्फ ३० र प्राज्ञिक शिक्षातर्फ ३० प्रतिशत बनाउने उल्लेख छ।  घोषणापत्रअनुसार प्रधानमन्त्री ओलीले सिसिइभिटीमार्फत सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने बताएका  हुन्। 

प्रधानमन्त्री ओलीले दुई वर्षभित्र संघीय संसद् भवन स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । पदभार ग्रहण गर्नेबित्तिकै ओलीले ५ वटा निर्णयमा हस्ताक्षर गरेका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता रहने, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा साकार पार्ने, आर्थिक समृद्धिमा ध्यान केन्द्रित गर्ने, राष्ट्रिय पुँजी निर्माण र विदेशी लगानी भिœयाउने योजनामा कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०२:१५ शुक्रबार

सबै स्थानीय तहमा प्राविधिक शिक्षालय