राजनीति

सरकार र पार्टी नेतृत्वमा आलोपालो : दाहाल

सिन्धुली – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बाम गठबन्धनको नेतृत्वको समस्या समाधान भएको स्पस्ट पारेका छन्। 

सरकार तथा पार्टी आलोपालो सञ्चालन गर्ने सहमतिसहित पार्टीको नेतृत्वको समेत समाधान भएको उनले जनाए। सिन्धुलीको कपिलाकोटमा कृषि संकायतर्फको मरिण प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास तथा बिएस्सी एजी तर्फको ४ वर्षे कक्षाको विहीबार उद्घाटन गर्दै अध्यक्ष दाहालले पार्टी तथा सरकार आलोपालोको सहमतिपछि केपी ओलीको नेतृत्वमा सरकार बनेको जनाए। 

‘सरकार आलोपालो र पार्टी पनि आलोपालो पद्धतिबाटै सञ्चालन सहमतिसहित बाम गठबन्धनको नेतृत्वमा सरकार बनेको छ,’ उनले भने, ‘पार्टी एकिकरणपछि मात्रै माओवादी केन्द्रका मन्त्रीहरु सरकार जानेछन्।’ उनले पार्टी अध्यक्ष पहिला को बन्ने भन्ने विषयमा भने खुलाएनन्।

४ वर्षे विएस्सी एजीको कक्षाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले  शिक्षाको नीतिमा आमुल परिवर्तन गर्दै  व्यवसायिक र प्राविधिक शिक्षालाइ अगाडि बढाउनु पर्ने अवस्था रहेको जनाए। उनले शिक्षालाई उत्पादनमुलक बनाई जनजीवनसग जोड्न अध्यक्ष दाहालको आग्रह थियो। 

प्रकाशित: ३ फाल्गुन २०७४ ११:५३ बिहीबार

सरकार पार्टी नेतृत्वमा आलोपालो दाहाल