राजनीति

प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित

 धनुषा - प्रदेश नम्बर २ को लागि नेकपा एमालेको संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन् ।

प्रदेश २ मा एमालेको संसदीय दलको नेताको लागि आज भएको मतदानमा मण्डल निर्वाचित भएका हुन् । दलको नेताको लागि दाबी गर्दै आएका मण्डल र शत्रुधन महतोबीच सर्वसहमति हुन नसके पछि आज मतदानमार्फत संसदीय दलको नेता चयन गरिएको थियो ।

मतदानमा मण्डलले १२ मत प्राप्त गरी विजयी भएका हुन् ।भने महतोले आठ मत प्राप्त गरेका थिए। मतदानमा एक मत बदर भएको थियो । प्रदेश २ मा एमालेको २१ प्रदेश सांसद रहेका छन् । रासस
 

प्रकाशित: ३ फाल्गुन २०७४ ०७:०८ बिहीबार

प्रदेश को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित