राजनीति

प्रधानमन्त्रीमा दाबी पेश गर्न शितलनिवास पुगे ओली

काठमाडौँ – प्रधानमन्त्रीमा दाबी पेश गर्न एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास महाराजगञ्ज पुगेका छन्। 

वाम गठबन्धनका नेताहरूले विहीबार विहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकारका लागि दाबी पेश गरेका हुन्। 

अध्यक्ष ओली माओवादी नेताहरूसँगै शितलनिवास पुगेका हुन् । वाम गठबन्धनले नयाँ सरकार ओलीको नेतृत्वमा बनाउने निर्णय गरिसकेकाे छ। 

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०५:१३ बिहीबार

प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास पुगे ओली