राजनीति

आयोगले दलहरुलाई पठायो समानुपातिक सांसदको प्रमाणपत्र

काठमाडौं-  निर्वाचन आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसद्हरुको प्रमाणपत्र दलहरुलाई पठाएको छ। समानुपातिक तर्फ प्रतिनिधित्व पाएका पाँचै राजनीतिक दलका प्रतिनिधिलाई आयोगले बुधबार साँझ नै सांसदमा निर्वाचित भएको प्रमाणपत्र पठाएको हो। ‘समानुपातिकबाट निर्वाचित सांसद्हरुको प्रमाणपत्र सम्बन्धीत दललाई पठाएका छौ,’ आयोग प्रवक्ता नवराज ढकालले भने, ‘स्थानीय, प्रदेश, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचिन सम्पन्न भयो।’

यस अघि आयोगले प्रदेशसभा तर्फको समानुपातिक निर्वाचनमा निर्वाचित सांसदलाई आयोगमा बोलाएर प्रमाणपत्र वितरण गरेको थियो।

यसैबीच नेपाली कांग्रेसले आयोगले एकमुष्टरुपमा पठाएको प्रमाणपत्र बिहीबारदेखिनै आफ्ना सांसदहरुलाई वितरण सुरु गर्ने भएको छ।

प्रकाशित: २ फाल्गुन २०७४ १४:१७ बुधबार

आयोगले दलहरुलाई पठायो समानुपातिक सांसदको प्रमाणपत्र