राजनीति

प्रदेश ५ को मुख्यमन्त्रीमा पोखरेल नियुक्त

बुटवल-  प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा नेकपा एमालेका शंकर पोखरेल नियुक्त भएका छन्। नेकपा माओवादी केन्द्रको समर्थनमा आइतबार मुख्यमन्त्रको लागि एमालेले दाबी पेश गरेको थियो। प्रदेश प्रमुख उमाकान्त झाले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको सपथ बिहीबार हुने छ। सपथसँगैं तीन सदस्यीय मन्त्रिमण्डल बनाउने तयारीमा एमाले माओवादी रहेका छन्।

प्रदेश ५ को सभामुखमा माओवादीका पूर्ण घर्ती निर्वाचित भइसकेका छन्।

प्रकाशित: २ फाल्गुन २०७४ १३:१७ बुधबार

प्रदेश को मुख्यमन्त्रीमा पोखरेल