राजनीति

पूर्व डिआइजी सिलवालविरुद्ध मुद्दा दायर गर्ने तयारी

काठमाडौं- नेकपा एमालेका सांसद तथा पूर्व डिआइजी नवराज सिलवालविरुद्ध महान्यायाधिवक्ता आफैले मुद्दा दायर गर्ने तयारी गरेका छन्।
जिल्ला सरकारी वकिल कार्यालयबाट सिलवालविरुद्ध मुद्दा दायार गर्न नमानेपछि महान्यायाधिवक्ता बसन्तराम भण्डारी आफैंले मुद्दा दायर गर्ने तयारी गरेका हुन्। महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार सिलवालविरुद्ध आजै काठमाडौं जिल्ला अदालतमा कीर्ते मुद्दा दर्ता गर्ने तयारी छ।
स्रोतका अनुसार सिलवालविरुद्ध कीर्ते मुद्दामा प्रहरीले राय सहित जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाए पनि एमाले नेताहरुको दवावमा मुद्दा दायर गर्न कर्मचारी नमानेपछि महान्यायाधिवक्ता आफैले मुद्दा दर्ता गर्ने तयारी गरेका हुन्।
आइजीपी नियुक्ति प्रकरणमा पेशका कार्य सम्पादन मूल्याङकन फाइलमा कीर्ते भएको भन्दै सर्वोच्च अदालतले अनुसन्धान गरी यसमा संलग्नलाई करबाही गर्न आदेश दिएको थियो।

 

 

प्रकाशित: २ फाल्गुन २०७४ ०७:२७ बुधबार

पूर्व डिआइजी सिलवालविरुद्ध मुद्दा दायर गर्ने तयारी