संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा भारतसँग नेपालले गरेका सम्झौताहरुको विषयमा समितिलाई जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ।
शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले यस्तो निर्देशन दिएको हो। बैठकमा सांसदहरुले दुईदिने नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरु प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए। समिति सदस्यहरुको मागअनुसार सभापति विमला सुवेदीले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीसहित समिति बैठकमा उपस्थित भएर भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भारतसँग भएका सम्झौताहरुका विषयमा समितिलाई जानकारी दिन निर्देशन दिए।
उनले भने,‘दुई दिने नेपालको भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकर आउँदा भारतसँग भएका सम्झौता कानून न्याय तथा मानव अधिकार समितिलाई जानकारी गराउन सम्माननिय प्रधानमन्त्रीज्यु र सम्बन्धित मन्त्रालयमार्फत प्रधानमन्त्रीलाई निर्देशन गर्दछु।’
प्रकाशित: २० पुस २०८० १२:२९ शुक्रबार