राजनीति

अरुण तेस्रोमा बम विस्फोटको जिम्मेवारी विप्लव समूहले लियो

संखुवासभा – भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रोको पावरहाउमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम विस्फोट गरेको तथ्य बाहिर आएको छ। 

विप्लव समूहले मंगलबार विज्ञप्ति जारी गर्दै संखुवासभाको चिचिला गाउँपालिका ३ दिदीङको पुखुवामा निर्माणाधिन जलविद्युत आयोजना अरुण तेस्रोको पावरहाउसमा भएको बम विस्फोटको जिम्मेवार िलिएको छ। 
पूर्वी कमाण्डर बिरहीले अरुण तेस्रो राष्ट्रघाती भएकाले अवरोध पु¥याउन विस्फोट गरेको जनाएका छन्। नेपाली श्रम, पूँजी र विधिमा अरुण तेस्रो निर्माण हुनुपर्ने विप्लव समूहको माग छ।

गत शनिबार राति पावरहाउसको निर्माणाधिन भवनमा कुकर वम विस्फोट गराइएको प्रहरीले जनाएको छ। २ वर्षअघि पनि नेकपाका कार्यकर्ताले भवनमा आगजनी गरेका थिए।  

प्रकाशित: १ फाल्गुन २०७४ १४:५२ मंगलबार

अरुण तेस्रोमा बम विस्फोटको जिम्मेवारी विप्लव समूहले लियो