राजनीति

मुख्यमन्त्रीको सपथ सर्यो

कास्की – प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सपथग्रहण कार्यक्रम २ दिनको लागि सरेको छ । अब उनले फागनु ४ गते मात्र सपथग्रहण गर्ने भएका छन् । यसअघि उनले २ गते सपथग्रहण गर्ने कार्यक्रम थियो।

मुख्यमन्त्री गुरुङको सपथग्रहण प्राविधिक कारणले रोकिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । उनलाई सोमबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

फागुन ४ गते बिहान ९ः३० बजे प्रदेश प्रमुखको निवासमा मुख्यमन्त्रीलाई सपथग्रहण गराईने भएको छ। मुख्यमन्त्री गुरुङ बिहानै गृहजिल्ला लमजुङतर्फ लागेका छन्।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०७:२६ मंगलबार

मुख्यमन्त्रीको सपथ सर्यो