राजनीति

सरकारले मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायलाई अगाडी बढाउन प्रयास गर्छ: मन्त्री आचार्य

फाइल तस्बिर

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सरकारले मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायलाई अगाडी बढाउन प्रयास गर्ने बताएका छन्।

आज मुस्लिम आयोगले आयोजना गरेको मुस्लिम महिलाको उत्थान एवं विकासमा आयोगको भुमिका विषयक अन्तरक्रियामा बोल्दै मन्त्री आचार्यले मानव विकास सूचकाङ्कमा पछि परेका जातजाति र समुदायलाई अगाडी बढाउन सरकारको प्रयास रहने बताएका हुन।उनले तल परेका वर्ग र समुदायको उत्थानले देशको विकासमा ठूलो टेवा पुर्‍याउने बताए।

उनले मुस्लिम महिलाहरूमा शिक्षाको कमी रहेको उल्लेख गर्दै समाज परिवर्तन गर्न आवश्यक रहेको बताए।उनले मुस्लिम समुदायको उत्थानका लागि सरकारले गर्नुपर्ने कामहरूको सुझाव माग्दै सुझाव अनुसारको काम सरकारले गर्ने पनि बताए।उनले नेपाल गरिब देश नभएको बताए।नेपाल गरिब नभएर नेपालीहरूको मानसिकता मात्रै गरिब भएको उनको भनाई छ।

प्रकाशित: १९ पुस २०८० १४:०९ बिहीबार

मानव विकास सूचकाङ्क मुस्लिम आयोग महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य पछाडि परेका समुदाय