राजनीति

मुख्यमन्त्रीमा गुरुङलाई नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र

पोखरा- प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई  नियुक्ति गर्न तयारी सुरु भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नको लागि प्रदेश प्रमुख बाबुराम कुँवरलाई पत्र पठाएका छन्।

गुरुङ नेकपा एमाले प्रदेश नम्बर ४ का संसदीय दलका नेता हुन्। ४ नम्बर प्रदेशमा वाम गठवन्धनको बहुमत रहेको छ। ४ नम्बर प्रदेशमा एमाले माओवादी सहमति अनुसार सभामुख माओवादीले पाउने छ। सभामुखमा नेत्रनाथ अधिकारीको नाम पक्का भएको छ।

एमालेले नेपालको संविधानको धारा १६८ को उपधारा (२) को प्रावधान अनुसार प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न पत्र बुझाएसँगै यो मुख्यमन्त्री नियुक्तिको प्रक्रिया शुरु भएको हो।

 

 

प्रकाशित: २९ माघ २०७४ ०९:३६ सोमबार

मुख्यमन्त्रीमा गुरुङलाई गर्न प्रदेश प्रमुखलाई पत्र