राजनीति

मुख्यमन्त्री पौडेलले लिए सपथ

मुख्यमन्त्री डाेरमणि पाैडेलार्इ सपथ खुवाउँदै प्रदेश प्रमुख अनुराधा काेइराला । तस्बिर : अशाेकसुन

काठमाडौँ – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। 

उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार साढे नौ बजे प्रदेश प्रमुखकाे कार्यालयमा अायाेजित कार्यक्रममा सपथ खुवाएकी हुन्। 

पौडेल आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले संसदीय दलका नेता समेत रहेका पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली समूहका हुन् । 

 

प्रकाशित: २९ माघ २०७४ ०४:१३ सोमबार

मुख्यमन्त्री पौडेलले लिए सपथ