राजनीति

एक साताभित्र कांग्रेस सरकारबाट बाहिरिन्छ : निधि

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय संसदले पूर्णता पाएसंगै नेपाली कांग्रेस सरकारबाट बाहिरिने बताएका छन्। कांग्रेस नेता निधिले पार्टीका तर्फबाट समानुपातिकतर्फ निर्बाचित हुनेको सूची निर्बाचन आयोगमा पठाउने अन्तिम गृहकार्य गरिरहेको भन्दै नेता निधिले आगामी साता कांग्रेस सरकारबाट बाहिरिने बताए। 

नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको १० औं केन्द्रीय महाधिबेशनको आइतबार काठमाडौंमा उद्घाटन गर्दै पूर्ब उपप्रधान एवं गृहमन्त्री निधिले राजनीतिक अस्थिरताका कारण सरकारी संस्थानहरू धरासायी भएको बताए। उनले जनतामाँझ बिश्वासनीयता आर्जन गरेका यस्ता सार्बजनिक संस्थान यो अबस्थामा पुग्नुमा मुख्य जिम्मेवारी नेतृत्वको भएको उल्लेख गरे। 

दुग्ध विकास संस्थानको दूध उत्पादन र बितरण प्रणालीमा  परिबर्तन ल्याउनुपर्ने आवश्यकतामा जोड दिदैं उनले गुणस्तरमा कुनै संझौता नगरी आफ्नो क्षेत्र बिस्तार गर्न संस्थानका कर्मचारीरूलाई आग्रह गरे। 

संघीय संरचनामा मुलुक अगाडी बढेपछि सरकारले प्रदेशमा खटाएका कर्मचारी कार्य क्षेत्रमा नगएको तर्फ ध्यानाकर्षण गराउँदै नेता निधिले संघीय संरचना अनुसार कर्मचारीले आफूलाई रूपान्तरण गर्नुपर्ने बताए। उनले संघीय शासन व्यबस्थाले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने बिश्वास व्यक्त गरे।

प्रकाशित: २८ माघ २०७४ १४:४४ आइतबार

साताभित्र कांग्रेस सरकारबाट बाहिरिन्छ निधि