राजनीति

प्रश्न पाठकलाईः ठूलाठूला काण्डमा पनि किन चुइक्क बोल्दैनन् देउवा?

मुलुकमा पछिल्लो समय ठूलाठूला काण्ड र घटना भएका छन्। एनसेएल काण्ड, सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, दुई युवाको मृत्यु भएको घटनालगायतले ठूलाठूला काण्डले मुलुक आक्रान्त छ। यी घटना र काण्डबारे विपक्षी दलका नेताहरुलेमात्रै होइन सत्तारुढ दलका नेताहरुले पनि विभिन्न पटक मूख खोलेर चर्को आलोचना गरेका छन्। 

यी काण्ड र घटनाहरुको शंकाको सुई बर्तमान सरकारको नेतृत्व र तीनका मन्त्रीदेखि सत्तारुढ दलका अन्य नेताहरुसम्म पुगेका छन्। यस्तोमा एउटा सुई सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका शक्तिशाली सभापति शेरबहादुर देउवाको परिवारतर्फ पनि सोझिएको छ।

स–साना कुरामा पत्रकारलाई समेत झम्टने देउवा पछिल्लो केही आरोपको विषयमा  भने लामो समयदेखि  मौन छन्। ‘प्रश्न पाठकलाईः किन मौन छन शेरवहादुर?

प्रकाशित: १८ पुस २०८० ०५:२४ बुधबार

मुलुक घटना एनसेएल सुन काण्ड नक्कली भुटानी शरणार्थी नेपाली कांग्रेस शेरबहादुर देउवा