राजनीति

पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र, तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी

हेटौंडा- प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणी पौडेललाई नियुक्ति गर्न तयारी सुरु भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पौडेललाई मुख्यमन्त्रीमा नियुक्ति गर्नको लागि प्रदेश प्रमुख अनुराधा कोइराला लाई पत्र पठाउने तयारी गरेका छन्।

प्रदेश ३ मा एमालेका पौडेल संसदीय दलका नेता हुन्। माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पौडेललाई समर्थन गरेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन्। ३ नम्बर प्रदेशमा वाम गठवन्धनको बहुमत रहेको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) को प्रावधान अनुसार प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने छन्।

साँझसम्म प्रदेश प्रमुखको नियुक्ति सकिएमा सोमबार तीन सदस्यी मन्त्रिमण्डल गठन गर्ने तयारीमा वाम गठवन्धन गरहेको छ।     

प्रकाशित: २८ माघ २०७४ ०७:३० आइतबार

पौडेललाई मुख्यमन्त्री गर्न प्रदेश प्रमुखलाई पत्र सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी