राजनीति

‘म भिआइपी हैन हजुर’: हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू भिआइपी नभएर जनताको सेवक भएको बताएका छन्। सामाजिक सञ्जालमा स्ट्याटस राख्दै मेयर साम्पाङले त्यसैले आफूले विमानस्थलमा भिआइपी लाउन्ज पनि प्रयोग नगर्ने गरेको बताए।

‘एयरपोर्टमा  मा मलाई सोधिन्छ: सर भिआइपी लाउन्जबाट जाने हो कि? म भन्ने गर्छु: म भिआइपी  होइन हजुर! म त ‘पी’ मात्रै हुँ! अनि लाइनमा सर्वसाधारण सङ्गै उभिने गर्छु! 

जनताको घर दैलैमा पुगेर भोट माग्ने  कुन अर्थमा  जनताभन्दा ठूलो भए भन्ने प्रश्न गर्दै यस्तो शोसकी र सामन्ती चलनको अन्त्य हुनु पर्ने बताए। ‘मलाई थाहा छैन जुन जनताको घरदैलोमा पुगी नमस्कार गरेर भोट माग्ने म जाबो सानो सेवक, जनताको आदेश पालक पाले कुन अर्थमा आज म जनता भन्दा ठूलो भएँ र?,’ उनी लेख्छन्,‘नहुने ढर्‍आले बिग्रेको यो देशलाई सही शैली र मार्गमा ल्याउनै पर्छ! करोडौँ, अर्बौँ रुपैयाँ फजुल खर्च गर्नु हुन्न! शोसकी र सामन्ती चलनको यस्ता नयाँ स्वरूपलाई चिनेर अन्त्य गर्नै पर्छ! जय देश!’

प्रकाशित: १८ पुस २०८० ०३:३८ बुधबार

धरान उपमहानगरपालिका हर्क साम्पाङ भिआइपी विमानस्थल जनता भिआइपी लाउन्ज