राजनीति

प्रधानमन्त्रीले भने: म सहभागी हुने कार्यक्रममा बिदा नदिनु र बालबालिका प्रयोग नगर्नु

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिकालाई समेत सहभागी नगराउन निर्देशन दिएका छन्।

रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचार आएपछि प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले बिदा नदिन भनेपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ।

प्रधानमन्त्री सहभागी हुने अन्य कार्यक्रममा पनि सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन दिएका छन्। 

प्रकाशित: १७ पुस २०८० १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App