राजनीति

प्रधानमन्त्री देउवाद्वारा चमेलियाको उद्घाटन

दार्चुला – प्रदेश नम्बर ७ मा सरकारी लगानीबाट निर्माण भएको यस क्षेत्रको  सबैभन्दा ठूलो ३० मेघावाटको चमेलिया जलविद्युत आयोजनाको शनिवार एक समारोहकाबीच प्रधानमन्त्री देउवाले उद्घाटन गरेका छन्। योसंगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको शैल्यशिखर नगरपालिका १ बलाचमा निर्माण भएको उक्त आयोजनाले आजबाट व्यवसायिक उत्पादन सुरू गरेको छ।

उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले प्रदेश नम्वर ७ जलविद्युत क्षेत्रमा धनी रहेको बताएका छन्। देउवाले चमेलियाले यस क्षेत्रमा विकासको ढोका खोल्ने बताए।

‘चमेलियामा  उत्पादित विद्युत  चाडै स्थानीयले समेत उपभोग गर्न पाउने छन’, देउवाले भने, सात नम्वर प्रदेशमा  २० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षेमताका महाकाली, कर्णाली, चमेलिया, बूढीनन्दा लगायतका नदिहरू रहेकाले यो प्रदेशको भविश्य उज्ज्वल छ।’

औपचारीक रूपमा उद्घाटन भएसँगै आयोजनाले वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन गर्ने जनाएको छ। ८ अर्ब ३४ करोड रुपैयामा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना सम्पन्न हुदासम्म करिब १६ अर्ब लागेको अनुमान गरिएको आयोजना प्रमुख अजय दहाले बताए। आयोजनाका अनुसार वार्षिक एक अर्ब १० करोड आम्दानी हुने र त्यसबाट उठेको रोयल्टीको १० प्रतिशत स्थानीयले पाउने छन्।

सन २००७ सालदेखि निर्माण कार्य थालेको आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौता भन्दा झण्डै ६ वर्ष पश्चात ३० मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। आयोजना निर्माणमा ढिलाइ हुदा सरकार करिब १६ अर्ब गुमाउन पुगेको छ। यो आयोजनाचाइना गेजुवाग्रुपअफपावर कम्पनी (सीजीजीसी) ले निर्माण गरेको हो।  

चमेलियाको उद्घाटनका लागि प्रधानमन्त्री देउवासंगै उर्जा मन्त्री कमल थापा समेत आयोजना स्थलमा पुगेका छन्।
 

 

प्रकाशित: २७ माघ २०७४ ०९:२० शनिबार

प्रधानमन्त्री देउवाद्वारा चमेलियाको उद्घाटन