राजनीति

वैदेशिक लगानीबारे स्पष्ट नीति आवश्यक : दाहाल

भरतपुर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैदेशिक लगानी बारे राज्यले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल अण्डा उत्पादक संघको १४ औं साधारण सभा तथा ८ औं अधिवेशन एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशबाट आऊने लगानीका प्राथमिक क्षेत्र निर्धारण गर्नुपर्ने बताए।

“विश्वव्यापिकरणको यो समयमा हामिलाइ कतिपय क्षेत्रमा वैदेशिक लगानि आवश्यक पर्छ।” दाहालले भने, “तर कुन कुन क्षेत्रमा लगानी भित्र्याउने भन्ने विषयमा राज्यले स्पष्ट नीति बनाउनु पर्छ । नत्र यसले आम उधमी र जनता नै विस्थापित हुने ख़तरा बढ़्छ।”  अण्डा उत्पादक व्यवशायीहरूले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिक लगानि भित्रिएको खण्डमा स्वदेशी व्यवशायी र किसानहरू मारमा पर्ने भएकोले दाहालको ध्यानाकर्षण गराएका थिए।

दाहालले कृषि क्षेत्रमा आधुनिकीकरण गरेर देश आत्मनिर्भर अर्थतंत्र तर्फ अघि बढन सक्ने बताए। यसका लागि राज्यको चरित्र जनपक्षीय हुनुपर्ने उनको भनाई थियो। “बिडंबना, राज्यले किसानको पक्षमा काम गर्न सकेको छैन, कतिपय अवस्थामा त राज्यका नीतिहारू नै किसानलाई समस्यामा पार्ने किसिमका पनि छन्”, उनले भने “ कतिपय देशहरूको बजेटको ठूलो हिस्सा किसानलाई अनुदान दिन विनियोजन गरिएको हुंछ, किसानलाई अनुदान दिने, संरक्षण दिने कार्यक्रम हुने गरेका छन्। तर हाम्रो राज्यको चरित्र यस्तो हुन सकेन। 

प्रकाशित: २७ माघ २०७४ ०८:१४ शनिबार

वैदेशिक लगानीबारे स्पष्ट नीति आवश्यक दाहाल