राजनीति

भिड देखेपछि किन रोकिनु भएन मन्त्री ज्यू? आश्चर्य लागेको छः गृहमन्त्री श्रेष्ठ

फाइल तस्बिर

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन्।

आज बिहान सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

गृह मन्त्रालय आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको उनले बताए। 

मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गर्नुभएको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट निकालिएको श्रेष्ठले बताए।

‘प्रारम्भिक निस्कर्ष के हो भने त्यो बाटोबाट त्यस्तो बेलामा मन्त्रीज्यु किन आउनुभयो होला ? हाम्रो सुरक्षाकर्मीहरु आर्मीको बडिगार्ड, पिएसओ छ, त्यसका बाबजुद उहाँ त्यो बाटोबाट किन आउनुभयो होला,’ मन्त्री श्रेष्ठले भने, ‘यसले हामीलाई आश्चर्य लागेको छ।’  

प्रकाशित: १६ पुस २०८० ०५:०१ सोमबार

गृहमन्त्री नारायणकाजी श्रेष्ठ बालकुमारी घटना बालकुमारी घटना प्रकरण भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला प्रकाश ज्वाला राज्य व्यवस्था तथा सुशासन समिति