राजनीति

कांग्रेसले आज एक बजे पत्रकार सम्मेलन गर्ने

नेपाली कांग्रेसले आज दिउँसो एक बजे पत्रकार सम्मेलन गर्ने भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पुस १२ देखि १४ गतेसम्म सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा सम्पन्न बैठकका निर्णयहरूबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो।

कांग्रेस सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमा केन्द्रीय समिति   निर्णयहरूका साथै पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रमका बारेमा पनि जानकारी गराइनेछ।  

१२ गतेदेखि सञ्चालन भएको बैठकमा पार्टीका उपसभापति एवं नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्रीद्वय-गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू-फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ’डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारलगायत अधिकांश केन्द्रीय सदस्यहरुले विभिन्न विषय र मुद्दाहरूमा आ–आफ्ना भनाई राखेका थिए।

प्रकाशित: १५ पुस २०८० ०१:५९ आइतबार

नेपाली कांग्रेस पत्रकार पत्रकार सम्मेलन केन्द्रीय कार्यसमिति सभापति शेरबहादुर देउवा शेरबहादुर देउवा पार्टी केन्द्रीय कार्यालय ललितपुर